१ कार्तिक २०८३, शनिबार

सार्कका कारण राजधानीमा चोरीका घटनामा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chorकाठमाडौं, १२ मंसिर । काठमाडौं उपत्यकाका सुरक्षाकर्मी सार्क सुरक्षामा केन्द्रित हुँदा उपत्यकामा चोरीका घटना बढेका छन् ।

सार्क सम्मेलन सुरु भएको पहिलो दिनमै उपत्यकाका तीन ठाउँबाट १० लाख बराबरको धनमाल चोरी भएको छ ।

उपत्यकाका अधिकांश प्हरी सार्क सम्मेलनमा सहभागी विशिष्ट अतिथिको सुरक्षामा रिङरोड क्षेत्रभित्र केन्द्रित हुँदा रिङरोड बाहिरको क्षेत्रमा चोरी भएको हो ।

सार्क सम्मेलन सुरु भएको दिन काठमाडौंको काठमाडौं महानगरपालिका १६ र मनमैजुमा चोरी भएको छ ।

उता, कीर्तिपुरको मैत्रीनगरबाट तीन लाख ५८ हजारको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बहतीपोखरीमा श्याम मानन्धरको डेराबाट ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

घरमा कोही नभएको अवस्थामा मूलढोका फोडेर चोरी भएको हो ।

यसैगरी, काठमाडौं मनमैजु ५ मा बस्ने मीरा भट्टको कोठाबाट २५ हजार रुपैयाँ र सुनका गहना गरी करिब दुई लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा पुरुषोत्तम पराजुलीको डेराबाट एकलाख रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब तीन लाख ५८ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।