
काठमाडौं, १२ मंसिर । शनिबार फिलिपिन्समा हुने मिस अर्थ २०१४ को निर्णयक प्रतियोगितामा सहभागि हुनुअघि नै नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन्।
प्रिन्साले प्रतियोगिता अन्तर्गत इको ब्युटी भिडियो टाइटल अवार्ड जितेकी छिन् ।
यो विधा अन्तर्गत उनलाईुकन्टिनेन्टल विनरु छनोट गरिएको थियो।
जसका लागि प्रिन्साले ुएभरेष्ट पोटाटो प्यानकेकु शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन्। त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन्।
यसैबीच मिस याहो ब्युटीअन्तर्गत अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्साले उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्ने छिन्।
त्यसका लागि प्रिन्सालाई भोलि राति ८ बजेसम्म् भोटिङ गर्न सक्ने हिडेन ट्रेजरले जनाएको समाचार आजको शुक्रबार साप्ताहिकले छापेको छ।















प्रतिक्रिया