३० आश्विन २०८३, शुक्रबार

काठमाडौं घोषणापत्र जारी गर्दै सार्क सम्मेलन सम्पन्न, १९ औँ सम्मेलन पाकिस्तानमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarcकाठमाडौं, ११ मंसिर । काठमाडौं घोषणा पत्र जारी गर्दै १८ औँ सार्क सम्मेलन सम्पन्न भएको छ ।

सार्क राष्ट्र र सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य मुलुकका विदेश मन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसै गरी सार्कको १९ औँ सम्मेलन पाकिस्तानमा गर्ने निर्णय भएको छ ।

सम्झौताले बिजुली उत्पादन, प्रसारण र व्यापारमा सहज हुने छ । सार्कका ८ वटै मुलुकहरुले अब एक अर्का देशलाई बिजुली बेच्न सक्ने र किन्न पनि सक्ने बाटो खुलेको छ ।

पाकिस्तानको असहमतिका कारण सार्क रेलवे कनेक्टिभिटी र रोड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाकिस्तानले आन्तरिक तयारी नपुगेको भन्दै सडक सन्जाल जोड्ने र रेलवे जोड्ने दुवै सम्झौतामा असहमति जनाएको थियो ।

यसैगरी सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने भएको छ ।