३० आश्विन २०८३, शुक्रबार

यसरी सकिँदैछ सार्क शिखर सम्मेलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SARRC

काठमाडौँ, ११ मंसिर । सार्कको अठारौँ शिखर सम्मेलनको बन्दसत्र अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ ।

रिट्रिटका लागि बिहीबार बिहानै काभ्रेको धुलिखेल पुगेका सदस्य मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरु अपराह्नमात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

उनीहरु फर्केलगत्तै सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको बन्दसत्र सुरु भएको घोषणा गर्नुहुनेछ । बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलनको स्थान र मिति तय हुनेछ भने त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नेछन् ।

प्रधानमन्त्री कोइरालाले अपराह्न ४ः०९ बजे निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजना गर्ने मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नेछन् ।

अपराह्न ४ः२२ बजे प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गर्ने कार्यक्रम छ । त्यसपछि फोटोसत्र हुनेछ जसमा पहिले सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले फोटो खिचाउने काम हुन्छ । त्यसपछि सदस्य मुलुकका विदेश मन्त्री र विदेश सचिवहरुसमेत त्यसमा सहभागी हुने बताइएको छ ।