१ कार्तिक २०८३, शनिबार

भीभीआपीको सुरक्षामा खटिएका प्रहरी दिनभरि भोकै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, ११ मंसिर । सार्क सुरक्षामा खटिएका प्रहरी भोकभोकै निरन्तर १५ घण्टासम्म ड्युटीमा खटिएका छन् ।

बिहान करिब ६ बजे खाना खाएर ड्युटीमा खटिएका प्रहरीलार्य दिउँसो खाजा खाने ब्यवस्थासमेत गरिएको थिएन ।

सुरक्षामा सडकमा परिचालन गरिएका कतिपय प्रहरी बिहान करिब ६ बजेदेखि साँझ ९ बजेसम्म खटिएका थिए । लामो समय भोकभोकै ड्युटी गर्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्त दिनेश आचार्यले भने ड्युटीमा खटिएका प्रहरीलाई खाना खाने ब्यवस्था मिलाइएको बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘केहीलाई दुई सिफ्टमा खटाएका थियौैं, केहीले भने १२ घण्टासम्म ड्युटी गर्नुपरेको थियो,’ उनले भने । सार्क सुरक्षाका लागि उपत्यका र लुम्बिनीमा गरेर सरकारले १८ हजार सुरक्षाकर्मी खटाएका थिए, जसमा नेपाल प्रहरीका १५ हजार छन् ।