काठमाडौ, ११ मंसिर । कांग्रेस नेतृ सुजाता कोइराला बुधबार बिहानदेखि फस्ट लेडीको हैसियतमा प्रधानमन्त्री सुशील कोइरालासंगै व्यस्त भईन ।
प्रधानमन्त्रीकै गाडीमा उनी दक्षिण एशियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनस्थल राष्ट्रियसभा पुगेकी थिईन ।
शिखर सम्मेलनमा उपस्थित राज्य तथा सरकार प्रमुखको अतिथी सत्कारमा पनि उनी प्रधानमन्त्री कोइरालासंगै सहभागी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
सम्मेलन हलमा प्रवेश गर्नुअघि अतिथी सत्कार कक्षमा राज्य र सरकार प्रमुखको आराम कक्षमा उनले केहीछिन भलाकुशारी गर्ने अवसर पनि पाईन ।
सुजाताले राज्य तथा सरकार प्रमुख र सहभागी फस्ट लेडीलाई पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री र गिरिजाप्रसाद कोइरालाको छोरीका रुपमा परिचय गरेकी थिईन ।
पार्टीको परराष्ट्र विभागकी प्रमुखसमेत रहेकी सुजता प्रधानमन्त्री कोइरालाकी भतिजी हुन् ।
अविवाहित कोइरालाले सुजातालाई फस्ट लेडीको हैसियतमा लैजानुको पछि उनलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउनु मुख्य उद्देश्य रहेको कांग्रेस नेताहरुले बताए ।
यसअघि बाबु गिरिजाप्रसाद कोइरालाले पनि उनलाई फस्ट लेडीको हैसियतु मा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउँथे ।
सार्कको औपचारिक कार्यक्रम सकिनासाथ प्रधामन्त्री कोइरालाकै गाडीमा उनी होटल सोल्टीमा पुगिन ।
दुईपक्षीय सवै बार्तामा प्रधानमन्त्रीसंगै उनी पनि सहभागी भइन ।
उनका सहयोगीका अनुसार बंगलादेशका प्रधानमन्त्री सेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनसंगको दुईपक्षीय भेटमा सुजाता सहभागी थिइन ।
त्यस्तै अन्य साइडलाइन वार्तामा पनि सुजातालाई प्रधानमन्त्रीले संगै राखेका थिए ।
अफगानिस्ताका राष्ट्रपति मोहम्मद असरफ घानीसंगको मंगलबार भएको भेटमा पनि सुजाता संगै थिईन ।















प्रतिक्रिया