६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री कोइराला द्विपक्षीय भेटवार्तामा व्यस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले अठारौँ सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग भेटवार्ता शुरु गर्नुभएको छ ।

सार्क सदस्य राष्ट्रका अतिथिहरु राखिएको होटल सोल्टीमा पुगेर प्रधानमन्त्री कोइरालाले उहाँहरुसँग द्विपक्षीय भेटवार्ता थाल्नुभएको हो ।

दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँगको भेटवार्ता शिखर सम्मेलनको नियमित प्रक्रिया र आकर्षण हो ।

यस्तो भेटघाटले दुई देशबीचको सम्बन्धलाई नवीकरण र आपसी सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुग्ने गर्दछ ।

प्रधानमन्त्री कोइरालाले बुधबार पाकिस्तानी समकक्षी प्रधानमन्त्री नवाज सरीफसँग भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र सार्कलाई प्रभावकारी तुल्याउने सम्बन्धमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो भेटवार्तामा परराष्ट्र मन्त्री मेहन्द्रबहादुर पाण्डे, पूर्व उपप्रधानमन्त्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागीलगायत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सहभागी थिए ।

सो भेटमा पाकिस्तानी प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा एवम् वैदेशिक मामिला सल्लाहकार सरताज अजिजलगायत पाकिस्तानका उच्च अधिकारीहरु सहभागी थिए । रासस