२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानी अभिनेत्री विना मल्लिकलाई २६ वर्षको जेल सजाय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

binaकाठमाडौँ,  १० मंसिर ।  पाकिस्तानी अभिनेत्री विना मल्लिकलाई त्यहाँको अदालतले २६ वर्षको कडा जेल सजाय सुनाएको छ ।

गिलगित बल्तिस्तानस्थित आतंकवाद विरुद्दको एक अदालतले उनीलाई यस्तो जेल सजाए सुनाएको हो ।

उनीसँगै पाकिस्तानस्थित जियो टेलिभिजन स्टेशनका मालिक मिर सकिलुर रहमानलार्इ पनि २६ वर्ष जेल सजाय र १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ ।

अदालतले मल्लिकको ब्यवहारले मुसलमानको धार्मिक भावनामा चोट पुगेको जनाउँदै यस्ता हर्कत रोक्न उनीहरुलार्इ कडा सजाय दिनुपरेको बताएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनुसार जियो टिभीमा प्रसारण भएको एक कार्यक्रममा बजाइएको धार्मिक गीतमा विना मल्लिक उनका पतिका साथ नृत्य गर्दै गरेको अवस्थामा देखिएकी थिइन् ।

तर अदालतको आदेशमा विना मल्लिक र जियो टेलिभिजनका मालिकलार्इ गिरफ्तार गर्ने सम्भावना कम रहेको बीबीसीले उल्लेख गरेको छ ।

गिलगित बल्तिस्तानको अदातले दिएको आदेश पाकिस्तानका अन्य प्रान्त लागू नहुने भएकाले उनीहरु दुबैजना तत्काल जेल जाने अवस्था नरहेको समाचारमा उल्लेख छ ।