पथरी, १० मंसिर । जिल्ला शिक्षा कार्यलय मोरङमा कार्यरत २३ जना शिक्षकले राजीनामा दिएका छन् ।
अख्तियारले जिल्लामा कार्यरत शिक्षकको शैक्षिक योग्यता प्रमाणपत्र माग्न थालेपछि राजीनामा दिन थालेका हुन् ।
मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेलका अनुसार प्रावि तहका १६ जना र निमावि तहका पाँच जना छन् ।
मोरङका सामुदायी विद्यालयमा पाँच हजार शिक्षक कार्यरत छन् । १० दिनअघि पनि १० जनाले राजीनामा दिएका थिए ।
तीमध्ये पाँचजना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा परेको शिक्षा कार्यालय मोरङले जनाएको छ । कट्टेलले राजीनामा दिने शिक्षकको नाम खुलाउन चाहनुभएन । रासस















प्रतिक्रिया