काठमाडौँ, १० मंसिर । स्वतन्त्र मधेस अभियानको नारा दिएर चर्चामा आएका सीके राउतको समुह खुलामञ्चमा हंगामा मच्याउन खोज्दा प्रहरी फन्दामा परेको छ ।
केही समय अघि नेपालबाट मधेसलाई अलग गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि जेल परेका राउत पछि रिहा भएका थिए ।
रिहा भएपछि गुमनाम बनेका उनले फेरि चर्चामा आउन सार्क सम्मेलन विथोल्ने भन्दै सार्क सम्मेलन स्थल नजिकै कार्यक्रम राख्ने तयारी गरेका थिए ।
कार्यक्रम बिथोल्न सुन्धरा, शहीदगेट, घण्टाघर क्षेत्रमा जम्मा भएका मधेसी समूदायका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
समाचार संकलनका लागि जाँदै गरेका पत्रकार वीपी साहपनि सुन्धारा क्षेत्रबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शनको तयारी गरेपछि केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको छ ।















प्रतिक्रिया