६ कार्तिक २०८३, शुक्रबार

भारतमा उपचार गर्न आउने क्षेत्रिय देशका नागरिकलाई तत्काल मेडिकल भिसाःमोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-in-kathmanduकाठमाडौँ, १० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा जारी १८औ सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै टीबी र एचआईभीको लागि क्षेत्रियरुपमा काम गर्न भारत तयार रहेको बताउनु भएको छ ।

उहाँले सम्मेलनलाई सम्वोधन गर्दै भारतमा उपचार गर्न आउने क्षेत्रिय देशका नागरिकलाई तत्काल मेडिकल भिसा दिन भारत तयार रहेको
समेत बताउनुभयो ।

मोदीले सम्मेलनलाई सम्बोधन गर्दै २०१६ को सार्क दिवसका दिन सार्क क्षेत्रका लागि अलग्गै स्‍याटेलाइट प्रक्षेपण गर्ने तयारी भइरहेको पनि बताउनु भयो ।

उहाँले यसले सार्क क्षेत्रको विकास लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो ।

मोदीले सार्क क्षेत्रको समृद्धिका लागि संगठित भएर अघि बढ्नुपर्ने भन्दै सडक, संचार, शिक्षा, सीपबाट सार्कलाई जोड्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भारतको भविष्य सार्कको पनि भविष्य भएकोले सार्कको भूमिकालाई थप प्रभावकारी बनाउन भारत सधै तयार समेत जानकारी दिनुभयो ।