काठमाडौं, १० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन सुझाव दिएका छन् ।
भारतबाट नेपालमा फोन गर्दा लाग्ने शुल्क भन्दा नेपालबाट भारतमा फोन गर्दा लाग्ने शुल्क बढी रहेकाले घटाउन मोदीले सुझाव दिएका हुन् ।
मोदीले भारतबाट नेपालमा फोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत कटौती गरेको बताउँदै नेपाल सरकारलाई पनि सक्दो शुल्क घटाउन आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यसअघिको नेपाल भ्रमणमा पनि मोदीले नेपालीले भारतमा फोन गर्दा हेल्लो भन्दा पैसा सकिने बताएका थिए ।















प्रतिक्रिया