१ कार्तिक २०८३, शनिबार

श्रम विभागले सातादिनदेखि श्रम स्वीकृति दिएन, व्यवसायी आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saram Bivagकाठमाडौं, १० मंसिर । वैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं शाखामा एक सातादेखि अन्तिम श्रम स्वकृतिको काम ठप्प भएको छ ।

शाखामा कर्मचारीले अन्तिम श्रम स्वीकृति नदिएको भन्दै म्यानपावर ब्यवसायी विरोधमा उत्रेपछि कर्मचारीले काम गर्न छाडेका हुन् ।

पूर्व स्वीकृति र अन्तिम स्वीकृतिका लागि पेस गरेको कागजातमा काम फरक परेपछि कर्मचारीले अन्तिम स्वीकृति दिन इन्कार गरेका थिए ।

कर्मचारीको यो ब्यवहारलाई दुख दिने नियत भन्दै ब्यवसायीले विरोध गरेका हुन् ।

ताहाचलस्थित श्रमगाममा एक सातादेखि अन्तिम स्वीकृति नहुँदा १० हजार प्रभावित भएको  र १५ करोड बराबरको टिकट रद्ध हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।