काठमाडौं । कतारका सबैभन्दा धनी नेपाली व्यवसायी एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार आरके शर्माले पशुपति वृद्धाश्रममा रहेका बृद्धवद्धाहरुलाई एक समारोहकाबीच जाडोका लागि कपडा वितरण गरेका छन् ।
मंगलबार बृद्धाश्रम परिसरमा एक कार्यक्रमको आयोजना गरी शर्माले २ सय ५० थान थर्माकोट प्रदान गरेका हुन् । जाडोको समयमा वृद्धवृद्धाहरुलाई असहज हुने हुँदा आफुले यो सहयोग गरेको जनाउदै शर्माले थर्माकोटको आवश्यकता रहेको वृद्धाश्रम कर्मचारीले जानकारी दिएपछि यो सहयोग उपलब्ध गराएको बताए । ‘भगवानको कृपाले आजसम्म सहयोग गर्न पुगको छ भोलिका दिनमा पनि यसैगरी सामाजिक कार्य गर्न सकिरहुँ’ शर्माले भने ।
विगतका बर्षहरुमा पनि सो वृद्धाश्रममा व्लाङकेट लगायतका सामाग्री सहयोग गर्दै आएका शर्माले यो बर्ष पनि सहायतालाई जारी राखेका हुन् । शर्माले अन्य नेपालीहरुले पनि सहयोग गर्दै जाने हो भने धेरै दिनदुःखीहरुलाई राहत मिल्ने बताए । ‘मैले सानो भएपनि सहयोग अभियान शुरु गरेको छु सवैले यसैगरी आफुले सहयोग गर्ने हो भने मुलुकभर रहेका वृद्धाश्रमका बृद्धबृद्धाहरुले सहज जिवनयापन गर्न पाउने थिए ।’ शर्माले सवैलाई सहयोगको आग्रह गर्दै बताए ।
छोटो समयमै कतारमा निर्माण व्यवसाय तथा कन्ट्रक्सन व्यवसायमा प्रतिष्ठित व्यवसायीको पहिचान बनाउन सफल शर्मा बेष्ट रेमिट नेपालका निर्देशक समेत हुन् । उनको कतारस्थित कम्पनीमा विभिन्न मुलुकका हजारौं कामदार कार्यरत छन् ।
कार्यक्रममा बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङ र निर्देशक गोपाल गुरुङको पनि उपस्थिति थियो ।















प्रतिक्रिया