काठमाडौं । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रबर्धन र सम्वर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ इप्लानेट नेपालको आयोजनामा नेपालमै पहिलोपटक संचालन हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को तयारी तीव्र गतिमा अगाडि बढेको छ । प्रतियोगितामा सहभागि हुनका लागि विश्वका विभिन्न मुलुकका सहभागीहरु नेपाल आइपुगेका छन् ।
जस अन्तर्गत म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, सियरालोन बंगलादेशका सहभागिहरु नेपाल आइपुगेका छन् भने शुक्रबारसम्ममा जिम्बावे, भारत, मलेसिया, इक्वेडर, नाइजेरिया, हाइटि, मकाओ, नामिबिया लगायत अन्य प्रतियोगिहरु आइपुग्ने जानकारी आयोजक संस्थाका सन्तोष सापकोटाले जानकारी गराएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट नानी थापाको सहभागिता रहने भएको छ ।
जिम्माबेको सिपीती मिडियाले आयोजना गर्दै आएको मिस हेरिटेज इन्टरनेशनल प्रतियोगिता यस पटक इप्लानेट नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

‘मिस हेरिटेज इन्टरनेसल २०१४’को कोरियोग्राफी संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले गर्नेछन् भने उनीसित थाइल्याण्डका अनुरत कोसाकुलले सहकार्य गर्नेछन् । ग्राण्ड फिनाले अन्तर्गतको एउटा चरणका लागि भने फेसन डिजाइनर समा बानुले पहिरनहरु तयार पारेका छन् । प्रतियोगिता अन्तर्गतको फिल्ड ट्रिप अन्तर्गत सहभागिहरुलाई काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायर क्षेत्र तथा काठमाडौं उपत्यका अवस्थित मुख्य मुख्य साँस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण गराइनेछ भने सोही क्रममा लुम्बिीनी र चितवनको भ्रमण पनि गराइनेछ । भ्रमण लगत्तै नगरकोट स्थित नगरकोट हिलसाइड भिलेज रिसोर्टमा क्लोज क्याम्प प्रशिक्षण संचालन हुने बताइएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले प्रस्तुतिकरणको तयारी बाहेक सहभागिहरुलाई नेपाली कला संस्कृति, पर्यटन देखि आम संचार, महिला सशक्तिकरण आदिमा पनि अवगत गराइनेछ । प्रतियोगितामा सहभागिहरुले मुख्य उपाधि बाहेक नेसनल कस्ट्युम, वातावरण सचेतता जगाउने पहिरन, इभिनिङ गाउन राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् भने अन्य विभिन्न विधागत अवार्डका लागि पनि विजेता चयन हुनेछ ।

कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आगामी डिसेम्बर ५ तारिखमा राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा गरिनेछ । नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा २ शिर्ष उपाधि सहित ९ वटा अन्य उपाधि जिताउन सफल संस्था इप्लानेटले नेपालले लिटिल मिस नेपाल, मिस टिन युनिभर्स नेपाल, मिस इन्टरनेशनल नेपाल तथा मिसेज युनिभर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । इप्लानेट नेपाल मिस युएसए नेपाल प्रतियोगिताको सहआयोजक समेत रहेको छ ।














प्रतिक्रिया