काठमाडौँ, ९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समयाभावका कारण आफू नेपालका जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता प्रसिद्ध तीर्थस्थल जान नपाएको स्पष्ट गर्नुभएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औंँ शिखर सम्मेलनमा सहभागिताका लागि मंगलबार काठमाडौं आउनुभएका प्रधानमन्त्री मोदीले ती देवस्थलमा आफू जान नपाउँदा स्थानीय नागरिक निरास भएको जानकारी आफूले पाएकाले निकट भविष्यमै आफूले ती स्थलको भ्रमण गर्ने बताउनुभयो ।
नेपालको स्थलमार्गबाटै ती क्षेत्रमा पुगेर दुई देशका जनताको चाहना र भावनाका साथै नेपाल र भारतमा सडक मार्गबाट गरिने यात्राको कठिनाइ एवम् समस्या बुझ्न चाहेको उहाँले बताउनुभयो । यसअघि प्रधानमन्त्री मोदी जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने कार्यक्रम रहेकामा पछिल्लो समयमा स्थगन भएको थियो । रासस
















प्रतिक्रिया