काठमाडौँ, ९ मंसिर । राप्रपा नेपालले नेता पद्मसुन्दर लावती र सगुन लावतीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टी नेतृत्वप्रति भ्रम फैलाउने तथा पार्टीको नाम र झन्डाको दुरुपयोग गरेको भन्दै मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उहाँहरु दुबै जनालाई पार्टीले निष्कासन गरेको हो ।
पार्टीको नामबाट समानान्तर भेला गर्ने, कार्यालय खोल्ने र सांगठनिक अभ्यास गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले मंगलार एक विज्ञप्ती जारी गरी लावती पार्टीको महाधिवेशन निर्देशनविपरीत गएको, पार्टीले सोधेको स्पष्टीकरण पेस नगरी अलग राजनीतिक दल खोल्ने सार्वजनिक अभिव्यक्ति दिएको र पार्टी हितविपरीत क्रियाकलापमा प्रत्यक्ष संलग्नता देखिएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाउनु भएको छ । पद्मसुन्दर र सगुन बाबु–छोरा हुन् ।















प्रतिक्रिया