६ कार्तिक २०८३, शुक्रबार

मन्त्रिस्तरीय बैठकमा सार्क गरिबीसम्बन्धी प्रतिवेदन सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAARC-MINISTERS-MEETINGकाठमाडौँ, ९ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य देशका विदेशमन्त्रीले सार्क गरिबीसम्बन्धी तथ्याङ्कसहितको प्रतिवेदन मंगलबार काठमाडौँमा संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

सार्कको १८औँँ शिखर सम्मेलनको अघिल्लो दिन मंगलबार सदस्य मुलुकका विदेश मन्त्रिस्तरीय बैठक जारी रहँदा नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, अफगानिस्तानका कायममुकायम विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जे, भारतका वैदेशिक मामिलामन्त्री श्रीमती सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिसले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

बैठकमा सार्क कार्यक्रम समिति र सचिवस्तरीय स्थायी समितिले सिफारिस गरेका विषयमा छलफल जारी छ । रासस