काठमाडौँ, ९ मंसिर । बुधबारबाट काठमाडौँमा सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँँ शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं आउनु भएको छ । उहाँ सबै भन्दा अन्तिममा काठमाडौँ आउनु भएको हो ।
उहाँ आएपछि सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुख सबैको उपस्थितिति भैसकेको छ । सार्कमा आठ वटा राष्ट्र मध्ये नेपालमै सार्क सम्मेलन हुने भएपछि नेपालका प्रधानमन्त्री सुशील कोइराला बाहेक अन्य सात मुलुकका राष्ट्र तथा सरकार प्रमुख नेपाल आउने कार्यक्रम थियो ।
शेख हसिना आउनु भन्दा केही घण्टा अघि केही समयको फरकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ काठमाडौं आई पुग्नु भएको थियो ।
सबै भन्दा पहिला श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र त्यसपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी सार्क सम्मेलनमा सहभागी काठमाडौँ आउनु भएको थियो । त्यसपछि भुटानका प्रधानमन्त्री थेस्रिङ तोब्गे र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन आउनु भएको थियो ।















प्रतिक्रिया