६ कार्तिक २०८३, शुक्रबार

भुटानका प्रधानमन्त्री तोब्गे पनि काठमाडौँमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tshering_tobgay_Bhutanकाठमाडौँ, ९ मंसिर । १८ औँ सार्क सम्मेलनमा सहभागी हुन भुटानका प्रधानमन्त्री थेस्रिङ तोब्गे पनि काठमाडौं आईपुग्नु भएको छ  । उहाँ  ड्रुक एयरको विमानबाट साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनु भएको हो ।

उहाँलाई उपप्रधानमन्त्रीहरु वामदेव गौतम र  प्रकाशमान सिंहले विमानस्थलमा स्वागत गर्नुभयो ।
उहाँलाई पनि विमानस्थलमा विशेष स्वागतपछि सुरक्षाको विशेष स्कर्टिङसहित  सोल्टी होटलमा लगिने छ।

यस अघि नै श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी काठमाडौं आइपुग्नु भएको छ ।