काठमाडौँ, ९ मंसिर । बुधबारबाट काठमाडौँमा सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँँ शिखर सम्मेलनमा भाग लिन अफगानिस्तानका राष्ट्रपति असरफ घानी काठमाडौं आइपुग्नु भएको छ ।
उहाँ निर्धारित समय भन्दा केही ढिला गरेर त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनु भएको हो । उहाँ बिहान १० बजेर ४५ मिनेटमा काठमाडौं आउने कार्यतालिका थियो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमानसिंहले स्वागत गर्नुभयो । उहाँको कार्यतालिका अनुसार आज विमानस्थलबाट उहाँ सिधै होटल सोल्टी होटल पुगेर आराम गर्नुहुने छ ।
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे भने काठमाडौं आउने वित्तिक्कै विमानस्थलबाटै सिधै लुम्बिनी जानुभएको छ ।















प्रतिक्रिया