
काठमाडौं, ९ मंसिर । सूचना प्रविधि र शिक्षाको पहुँच बढेसँगै मोवाइल इन्टरनेट ग्राहक बढेका छन् ।
नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवदेन अनुसार घरायसी इन्टरनेट प्रयोगकर्ताको तुलनामा झन्डै १७ गुणा बढी मोवाइलमार्फत इन्टरनेट प्रयोग ग्राहक बढेको समाचार आजको कारोबार दैनिकले छापेको छ ।
९० लाख इन्टरनेट ग्राहकमध्ये ८५ लाख मोवाइल र अन्य ५ लाखले डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, एडएसएल र कबुल मोडेमबाट इन्टरनेट प्रयोग गर्छन ।
प्राधिकरणका अनुसार ३४ प्रतिशत ग्राहक नेपाली इन्टरनेटको पहुँचमा छन् ।















प्रतिक्रिया