२८ आश्विन २०८३, बुधबार

जहाँ काटिन्छ तरबारले कपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hair-cutting

कपाल काट्न तरबारको प्रयोग ? भियतनाममा एकजना यस्ता हेयरड्रेसर छन्, जो कपाल काट्न सामुराई तरबार प्रयोग गर्छन् ।

गुयेन होंग हुंग नामका ती हेयरड्रेसर कैँचीले जत्तिकै छिटो र कलापूर्ण तरिकाले कपाल काट्न सक्छन् । मानिसहरू जब उनले तरबारले कपाल काटेको देख्छन्, आश्चर्यले जिब्रो टोक्छन् ।

चार वर्षपहिले एउटा प्रतियोगितामा भाग लिने क्रममा उनले फलामको आरीले कपाल काटेर देखाएका थिए । त्यसपछि केही नयाँ गर्ने उत्साहले उनले तरबारले कपाल काट्न थालेका थिए । पुरुषका अतिरिक्त महिला पनि उनको सैलुनमा कपाल काट्न उत्सुक हुन्छन् ।