१ कार्तिक २०८३, शनिबार

संविधानसभाका नाममा सभासदहरूले एक वर्षैमा झ्वामपारे साढे ३४ करोड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasad Paisaकाठमाडौं, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन ।

तर संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलव भत्तामा राज्यकोषको साढे ३४ करोड  खर्च भइसकेको छ ।

संविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।

दोस्रो संविधानसभाको पहिलो बैठक गत वर्षको माघ ८ गते बसेको थियो ।

अघिल्लो संविधानसभाको चारवर्षे अवधीमा तीन अर्व तीन करोड ४५ लाख खर्च भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।