जनकपुर, ७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण स्थगित भएपछि जनकपुरमा प्रधानमन्त्री सुशील कोइरालाको पुतला दहन गरिएको छ ।
जनकपुको जनक चोकमा प्रधानमन्त्रीसहित गृहमन्त्री वामदेव गौतम र भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधीको पुतला दहन गरिएको हो ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्द भएको विरोधमा एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा, मधेसवादी दल र स्थानीयले पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहनसँगै जनकपुरको भानुचोकबाट जुलुस निकाली सरकारविरुद्द चर्का नाराबाजीसहित जनकपुरका विभिन्न ठाउँको परिक्रमा गरिएको थियो ।















प्रतिक्रिया