काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले सहरी गरिवका लागि हरेक वर्ष १० लाख रकम छुट्याँउछ ।
तर, गरिव समुदायबाट प्रभावकारी प्रस्ताव नआएको भन्दै बजे सधै फ्रिज हुने गरेको छ ।
महानगरले सामाजिक विकास कार्यक्रम अन्तरगत गरिवी निवारणका लागि १० लाख रुपैँया विनियोजन गर्ने गरेको छ ।
तर लक्षित गरिव समुदायबाट प्रभावकारी प्रस्ताव नै नआएपछि प्रत्येक वर्ष बजेट फ्रिज हुने गरेको महानगरपालिकाको दाबी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
महानगरपालिकाका राजस्व विभागका अधिकृत ध्रुव काफ्लेले गरिवी निवारण गर्ने उद्धेश्यले प्रस्ताव नआएपछि बजेट फ्रिज हुने गरेको बताए ।
केन्द्रीय तथ्थांक विभागका अनुसार काठमाडौं महानगरभित्र १ लाख ३८ हजार ९ सय ७३ गरिव छन् ।















प्रतिक्रिया