काठमाडौं, ७ मंसिर । कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै पनि यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण गर्नेसम्बन्धी विधेयक राष्ट्रपति डा रामबरण यादवले शुक्रबार प्रमाणीकरण गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
उक्त विधेयक २३ कात्तिकमा व्यवस्थापिका संसदबाट पारित भई राष्ट्रपति समक्ष पेस भएको छ ।
अन्तरिम संविधानको धारा ८७ बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनका रुपमा कार्यन्वयनमा आउँछ ।
२० असारमा दर्ता भएको विधेयक संसदको बजेट अधिवेशनले पारित गरेको थियो । बजेट अधिवेशनमा आर्थिक विधेयकबाहेक पारित भएको यो एक मात्र विधेयक हो ।















प्रतिक्रिया