इटहरी, ६ मंसिर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ठूलो दुर्घटनाबाट बाँच्न सफल हुनुभएको छ ।
शनिबार उहाँ सवार बा१झ ९८९० नंको गाडीलाई ना१ख २३१७ नं को ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
बीचको सीटमा बस्नुभएका मन्त्री पण्डित चढेको गाडी इटहरी चोकका आइपुग्नै लाग्दा पछाडिबाट अर्को गाडीले ठक्कर दिएको हो ।
पछाडिको सीटमा एक्लै बस्नु भएका उहाँका स्वकीय सचिव वसिम आलम गम्भीर घाइते हुनुभएको छ ।
मन्त्री पण्डित भने सामान्य हुनुहन्छ । घाइते खाणलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।















प्रतिक्रिया