शनिबार साहित्य,
गजेन्द्र बुढाथोकी
काठमाडौँ, ६ मंसिर । खानाखाने पैसा पनि छैन ,छिमेकी नेपाली दाजु भाईको होस्टेलमा मागेर खादै दिन गुजार्दै बस्नु परेको छ ।’ काम गरेको ४ महिनाको तलब समेत नदिएको गुनासो गर्दै सुनसरीको इटहरी घर भई ११ महिना अघि मलेसिया आएका हरि कार्कीले भने ।
‘कसले सुनिदेला हाम्रो ब्यथा रुद्र कार्कीको क्रन्द्रन थियो । उनीहरु काठमाडौको नुर अपर्चुनिटी ओभरसिज,ललितपुरको रारा म्यानपावर प्राली,काठमाडौँकै क्लासिक ओभरसिज मार्फत यँहा आइपुगेका हुन् ।
मलेसियास्थित जोहोरभारु राज्यमा रहेका कार्कीको मात्र होइन, काम नपाएपछि उनीहरु होस्टेलमा दिन बिताइरहेका छन् । मलेसियाको जोहोर, र सेलाङगर राज्यको केलाङका होस्टेलहरुमा गरी २ सय बढीले यस्तो अवस्था भोगिरहेका कार्कीले बताए । कार्की नेपालस्थित आदर्श मेनपावर प्रालिबाट १ लाख ४० हजार बुझाएर मलेसिया आएका हुन् ।यस्तै सोही कम्पनीमा मलेसिया आएका झापा दमकका पृथ्वी सुब्बाको पनि उस्तै हालत छ । सुब्बा भन्छन्, ‘खाने पैसा पनि दिँदैन, काममा पनि लगाउँदैन । काम दिएपनि तलब दिँदैन । परिवारलाई सम्पर्क गरेर श्रम विभागमा मुद्दा समेत हालेको छ । तर, सुनुवाई नै भएन । सुब्बा हाल सेलाङगर राज्यको केलाङसहरबाट नजिकै रहेको श्रीसन्तोसा भन्ने ठाउँमा कम्पनीको होस्टेलमा बस्दै आएका छन् । कामदार संग म्यानपावरले ‘सिपायर होल्डिङ्ग कम्पनी’ सेरेम्वान को सझौता गरेपनि यहा एलएलएच कन्ट्राक कम्पनीको आधारमा काम गरिरहनु परेको पिडित हरुले गुनासो गरेका छन् ।
लमजुङका दुर्गामान तामाङ, प्युठानका एमसी भट्ट, काठमाडौँका हरिबहादुर कार्की र आसामका दीपक सुनुवार लगायत २ सय बढी युवाको मलेसियामा धन कमाउने सपना तुहिएको छ । कम्पनीमा काम नभएपछि घर फर्काउन पहल गरिदिन उनीहरुले नेपाल सरकारसँग अपिल गरेका छन् । कम्पनीले काम नदिएपछि थप समस्या परेको पिडितहरुले गुनासो गरेका छन् ।
नेपाल वाट आएको म्यानपावरमा समस्या वारे जानकारी गराउदा कुनै सुनुवाइ हुन नसकेको उनीहरुले वताएका छन् । नेपाली दुतवासमा समेत जानकारी गराएको तर समस्या सामाधानका लागी पहल नभएको पिडित हरुले वताए । यता नेपाली दुतावास मलेसियाका श्रम सहचारी वुद्धिनाथ भट्टराइले यो समस्या वारे आफुलाइ जानकारी नभएको र समस्याका वारे लिखित उजुरी आए समस्या सामाधान का लागी पहलगर्ने वताए ।















प्रतिक्रिया