२९ आश्विन २०८३, बिहिबार

क्यापिटल हिल दिपावलीमा अमेरिका नेपाल सोसाइटीको सहभागिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

777

विजय थापा

भर्जिनिया  । वाशिंगटन डिसीको संसद भवन क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहल तथा युएस कंग्रेसनल ककस भारत तथा श्री शिव बिष्णु मन्दिरको पहलमा दिपावली भव्यताको साथ मनाईएको छ ।

उक्त कार्यक्रममा अमेरिकाका नेपालीहरुको सबै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाईटीको तर्फबाट वर्तमान सभापति जीवन तिवारीले सहभागीता जनाएका  थिए ।

कार्यक्रममा डेमोक्राटिक तथा रिपब्लिकनका प्रतिनिधिहरुले दिपावलीको चर्चाको साथै मोदीले गरेको सम्बोधन र उनले गरेको उत्प्रेरणाप्रति अमेरिकन संसदहरु ज्यादै प्रभावित भएको चर्चा तिवारीले गरेका थिए ।

‘कार्यक्रमको सुरुवात पण्डितहरुले श्लोक वाचन गरि गरिएको थियो,’ तिवारीले भने, ‘सांसदहरुलाई फुलको मालाको साथमा रंगीविरंगी दोसला ओडाएर दिप बाल्न लगाईएको थियो ।’

अमेरिका नेपाल समाजको तर्फबाट आफु सहभागी हुन् पाउदा हर्ष लागेको भन्दै क्यापिटल हिलमा सभासद , सिनेट तथा राज्य बिभागका महत्व पूर्ण व्यक्तिहरुसंग संस्थाको बारेमा चर्चा पनि गरेको जनाएका छन् ।

क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहलमा दोश्रो पटक दिपावली मनाईएको सभापति जीवन तिवारीले बताए ।