१ कार्तिक २०८३, शनिबार

नेताहरूलाई खुला विश्वविद्यालय मोह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

openकाठमाडौं, ५ मंसिर । ‘आफ्नै व्यस्तताले कलेज गएर पढ्न सकिन, मेरो चाहना खुला अब विश्वविद्यालयले पूरा गर्नेछ’ प्रस्तावित खुला विश्वविद्यालयको लागि बेलायती र नेपाली विज्ञहरु सम्मिलित ‘बिस्तृत कार्ययोजना’ बनाउन राजधानीमा आयोजित कार्यशालामा एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘नेपालमा यो विश्वविद्यालय खुलेपछि म पहिलो विद्यार्थी हुनेछु ।’

भूमिगत राजनीतिको कारण उतिबेला एसएलसी भन्दा माथी पढ्न नपाएको र पछि पार्टीको व्यस्तताले नसकेको भन्दै एमालेका सचिव ज्ञवालीले गरिव र दूर दराजका व्यक्तिलाई लक्षित गरेर कार्ययोजना बनाउन सुझाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षालाई आम समुदायको पहुँचमा पुर्‍याउन सरोकार निकायका ५० भन्दा बढी अधिकारी सम्मिलित दुई दिने कार्यशालामा उनी धारणा राख्दै थिए ।

‘अहिले शिक्षा प्राप्तीको पहुँमा ठूलो खाडल छ, सम्पन्नले सजिलै पाउँछ, विपन्न टाढा हुनुपर्छ’ गुल्मी निवासी ५२ वर्षीय ज्ञवालीले सुनाए, ‘हामीलाई त्यस्तो संयन्त्रको जरुरी छ, पढ्न चाहने जोकोहीले सहज पहुँच पाउन् ।’

कामकाजीहरुलाई घर तथा कार्यक्षेत्रमै बसेर इन्टरनेट, कम्प्युटर र सञ्चारका विभिन्न माध्यमद्वारा अध्ययन गर्न सक्ने भएकाले खुला विद्याविद्यालय नेपाल जस्तो देशको लागि बढ्दा आबश्यक भएको बिज्ञहरुको धारणा छ ।

सोही कार्यशालामा सहभागी सभासद रञ्जु झा ठाकुरले पनि खुला विश्वविद्यालयमा पढ्ने सुनाइन् ।

स्नातकोत्तर गरिसकेकी झा संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति सभापति पनि हुन् ।

‘मैले एक विषयमा मास्टर्स डिग्री नै छ’ तर फेरि अर्को विषयमा गर्ने छुु उनले भनिन्, ‘खुला विश्वविद्यालय स्थापना गर्न जसरी पनि ऐन ल्याउनु नै पर्छ ।’

कांग्रेसको तर्फबाट समानुपातिकमा चुनिएका सभासद् जीवन परियार पनि पढ्ने धोको हुँदा हुँदै नियमित कजेल जान नसकेको सुनाए ।

‘बीएरबीएड गरेर समाजशास्त्र र राजनीतिशास्त्रमा एमए गर्ने इच्छा पुरा भुको छैन’ कास्की निवासी परियारले भने, ‘खुला विश्वविद्यालय सुरु भएपछि त्यो चाहना पूरा गर्नेछु ।’