२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय गानका रचयिता व्याकुललाई आजीवन मासिक २५ हजार भत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bakul-mailaकाठमाडौँ, ४ मंसिर । नेपाल सरकारले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजीवन मासिक रु २५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले न्याय सेवाका तीनजना अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापना गर्ने निर्णयसमेत गरेको छ । यसरी बढुवा हुनेहरुमा रञ्जनकृष्ण अर्याल, राजेन्द्र सुवेदी र बद्रीप्रसाद गौतम हुनुहुन्छ ।

बैठकले भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजक समितिलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

सरकारले दाइजोको नाममा जिउँदै जलाइएका रिहानारोश धपाली र चन्द्राचन्दन सलवानीलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा मोहन चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।