काठमाडौं, ४ मंसिर । काठमाडौंमा २७ हजार रुपियाँ र करिव ७ तोला सुन लुटेर भाग्ने क्रममा एकजनाको इनारमा खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं दक्षिणकालीका हरिओम केसी छन् । तर, महानगरीय प्रहरी जनसेवा बृत्तका डीएसपी वेद विष्टका अनुसार मृतकको सही पहिचान खुलेको छैन् ।
काभ्रेका चेतन लामा र केसीले धर्मपथको एक गहना बनाउने स्थानबाट उक्त रकम र सुन लटेको प्रहरीको भनाइ छ ।
लुटपाटपछि होहल्लाले नजिकैको प्रहरी सो स्थानमा पुग्दा प्रहरीलाई छल्न भाग्दै गरेका उनको इनारमा खरेर मृत्यु भएको हो । बुधबार राति सवा नौ बजे उनीहरुले सुन र पैसा लेटेका थिए ।
दुई जना लटेरामध्ये लामा पहिले पक्राउ परेको र केसीको खोजी गर्ने क्रममा झोँसेको पिउने पानीको इनारमा खसेको अवस्थामा फेला परेका थिए ।
झण्डै २० फिट गहिरोमा खसेका उनको इनारभित्रै मृत्यु भइसकेको प्रहरीको भनाइ छ । लुटेराहरुले सुन बनाउँदै गरेका चार जनालाई बाधेर नियन्त्रणमा लिएपछि सुन र पैसा लुटेका थिए ।















प्रतिक्रिया