१ कार्तिक २०८३, शनिबार

जात नमिल्दा राउटेको विहे भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rauteदैलेख, ४ मंसिर । उनी ३५ वर्षका भए । तै पनि बिहे भएको छैन । सँगैका साथीहरु छोराछोरी खेलाउने भइसके । विवाह गर्ने इच्छा नभएको होइन ।

बिवाहका लागि राउटे केटी नपाउँदा नारायण शाहीलाई अविवाहित नै रहेर बुढो भयन्छ की भन्ने चिन्ता छ ।

राउटे महामुखिया महिनबहादुर शाहीका जेठा छोरा नारायणको राउटेभित्रै जात नमिँल्दा अविवाहित हुनु परेको हो।

अरु जातका केटीलाई विहे नगर्ने भएकाले राउटेभित्रै आफ्नो जातको केटी नहुँदा एक्लै भएको छु,’ नारायणले भने,  ‘विहेका लागि जातमिल्ने केटी नै छैनन्।’

नारायण मात्र होइनन् कल्याल जातीका ६ जना युवा र ४ युवती  उमेर छिपिसक्दा पनि अविवाहित रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

रास्कोटी र सोवंशी जातीमा विहे गर्ने केटा र केटी नहुँदा आफूहरू अविवाहित बस्नुपरेको ३२ वर्षीय शिवराज शाहीले बताए।