१ कार्तिक २०८३, शनिबार

किसकाण्डले ट्राफिक प्रहरीको जागिर धरापमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kissकाठमाडौं, ४ मंसिर । चेकिङका क्रममा सामान्यता ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन, तर मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् ।

प्रहरी आचरणविपरितको काम गरेको भन्द्यै असइ ढकाल निलम्बनमा परेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

डिल्लीबजारमा सोमबार बेलुका मापसे चेकिङमा खटिएका असइ ढकालले एक किस दिए कारबाही नगर्ने भन्दै युवतीलाई दुव्र्यबहार गरेको महाशाखाका एक अधिकारीले बताए ।

युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् ।

प्रहरीका अनुसार स्कुटरमा सवार ती युवतीसँग कागजपत्र थिएन ।

युवतीले आफूलाई छाड्न आग्रह गरेकी थिइन । ढकालले किसको बार्गेनिङ गरेका थिए । पछि ढकाल युवतीको स्कुटरमा बसेर अनामनगरसम्म आएका थिए ।

पछि युवतीको नम्बर लिएर बेलुका असइ ढकालले फोन गरेको उजुरीमा उल्लेख छ । ढकालले भने आफूलाइ युवतीले ब्याकमेलिङ गरेको बताएका छन ।

युवतीले सुरुमा कस्तो ह्यान्डसम मान्छे भन्दै नजिकिएको र जिस्किएर किसको प्रंसग निकालेको ढकालले बताए ।