नेदरल्याण्ड । नेपाली जनसंपर्क समिति नेदरल्याण्डसले नेपाली काँग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष स्वः गणेशमान सिंहको जन्म जयन्ती मनाएको छ । गत १० नोभेम्बरको का दिन आमस्टरडाममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सोही दिन भएको कार्यसमितिको पुर्ण वैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्ले नेपाली काँग्रेसको कृयाशील सदस्यता वितरणलाई तिव्र बनाउने भएको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्ले स्थलगत रुपमा नै कृयाशील सदस्यता वितरण गर्ने कार्यतालिका तर्जुमा गरेको छ ।
डिसेम्बर १ मा देनहाग क्षेत्र, डिसेम्बर ८ मा आमस्टरडाम क्षेत्रलाई तय गरेको र अन्य स्थानहरुमा पनि मिति तय गर्दै जाने समितिका महामन्त्री उत्तम कंडेलले बताए । समितिले नेपाली जनसंपर्क समितिमा आवद्ध र सवै लोकतन्त्रबादीहरुलाई सदस्यता आवेदनको लागि सक्रिय रहन अनुरोध समेत गरेको छ ।
वैठकले अन्य विविध विषयहरुमा समेत निर्णय गरेको छ । गत २०१३ को अगष्टमा नेपाली जनसंपर्क समितिको निर्णय विरुद्ध गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्को अधिवेसनमा समितिको निर्णयको बर्खिलापमा गएका कारण अनुशासन समितिबाट कारवाही भएका समितिका तत्कालिन उपाध्यक्ष विष्णु पोखरेलले समितिको बैठकमा आई गल्ती महसुस गरेका र आगामी दिनमा समितिको निर्णय विरुद्ध नजाने प्रतिवद्धता व्यक्त गरेका कारण उनको कारवाही फिर्ता भएको जनाइएको छ ।
उनी संगै कारवाहीमा परेका तत्कालिन निवर्तमान अध्यक्ष मनहरि शर्माको बारेमा भने कुनै निर्णय नभएको जनसंपर्क श्रोतले जनायो । समितिले कार्यसमिति तथा सल्लाहकार परिषदमा पनि केहि नामहरु प्रस्ताव गरेको छ । नेपाली जनसंपर्क समितिले दिपावली, छठ तथा नेपाल संवतका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा सहयोग गर्ने सवै व्यक्त्वि र सहभागीहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गरेको छ ।













प्रतिक्रिया