२९ आश्विन २०८३, बिहिबार

मिर्गाैला रोगी गुरुङलाई कोरियाबाट दुई लाख बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दक्षिण कोरियामा कार्यरत नेपालीको संस्था नेपाल गोरखा परिवारले मिर्गौला रोगी शान्ता गुरुङको उपचारका लागि रु दुई लाख ३० हजार सहयोग गरेको छ ।

गोर्खा घैरुङ– ७ की गुरुङको उपचारका लागि उक्त परिमाणको रकम सङ्कलन गरिएको र  बुधबार नै सो रकम प्रदान गरिएको हो ।

परिवारकी केन्द्रीय सदस्य रमा लामिछानेले सो रकम गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै, उहाँको उपचारका लागि नेपाल खानेपानी संस्थान धरान शाखाले पनि रु २८ हजार ५०० सहयोग उपलब्ध गराएको छ । संस्थान धरान शाखाका प्रमुख दीपक श्रेष्ठले उहाँलाई सो रकम प्रदान गर्नुभएको हो ।

दुवै मिर्गौलामा समस्या आएपछि गुरुङ विगत एक वर्षदेखि मिर्गौला उपचार केन्द्र वनस्थलीमा उपचाररत हुनुहुन्छ । गोरखा जिल्लाबाट इपिएस कोटामार्फत दक्षिण कोरियामा कार्यरत नेपालीको तर्फबाट रकम सङ्कलन गरिएको र थप रकमसमेत सङ्कलन गरिने परिवारका केन्द्रीय सदस्य कमल ज्योति गुभाजुले जानकारी दिनुभयो ।