काठमाडौं, ३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीले रगत खोलो बग्ने धम्की दिए पनि माघ ८ मै संविधान जारी गर्ने दाबी गरेका छन् ।
उनले विभिन्न कोणबाट संविधान जारी गर्न नदिने षडयन्त्र भइरहेको बताउँदै भने जसले जे गरे पनि हामी जसरी पनि माघ ८मा संविधान जारी गर्दछौं। अब देशलाई अराजकता र अन्योलमा राख्न हुँदैन ।
एमाले इलामको नवौ अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ओलीले संविधानसभाबाट संविधान जारी गरे रगतको खोलो बगाउने एमाओवादीको अभिव्यक्तिको कडा आलोचना गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
ओलीले भने, ‘संविधानसभाबाट संविधान जारी गर्दा रगतको खोलो बगाउने, यतिका वर्ष जनताको रगतको होली खेलेर अझै पुगेन र ?’















प्रतिक्रिया