![]()
काठमाडौं, ३ मंसिर । भारतीय जनता पार्टीका संगठन विभाग प्रमुख दिनेश उपाध्यायले नेपालबाट हठात् विदेशी दबाबमा हिन्दु राष्ट्रको मान्यता हटाइएको उल्लेख गर्दै त्यसमा भारतको आपत्ति रहेको दाबी गरेका छन्।
भारतको अयोध्याका सांसदसमेत रहेका उपाध्यायले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपालमा संघीयता र धर्मनिरपेक्षता विदेशीको दबाबमा आएको उल्लेख गर्दै भने, नेपालले हिन्दु राष्ट्र भए पनि सबै धर्मावलम्बी, जातजातिलाई मिलाएर राखेको थियो।
पृथ्वी अध्ययन प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उपाध्यायले भने, पृथ्वीनारायण शाहले त्यसबेलै विदेशीलाई देशबाट हटाएका रहेछन्, नेपालले विदेशी षड्यन्त्रबाट जोगिनैपर्छ। उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा भारतीय जनता पार्टीको समर्थन रहेको उल्लेख गर्दै यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराउने बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
भारत-नेपाल हिन्दु जागरण अभियानका संयोजक उपानन्द ब्रह्मचार्यले विगत करिब सय वर्षदेखि भारतलाई हिन्दु राष्ट्र बनाउने अभियानमा आफ्नो संस्था लागेको उल्लेख गर्दै यसअघि नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताए। ‘नेपाललाई पहिले हिन्दु राष्ट्र घोषणा गर्नुपर्छु’ उनले भने।















प्रतिक्रिया