३० आश्विन २०८३, शुक्रबार

पाकिस्तान एयरको नेपाल उडान बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PIAकाठमाडौ, ३ मंसिर सरकारले सबै सार्क मुलुकको राजधानीसंग हवाई पहुँच बनाउने एजेण्डामा छलफल गर्ने तयारी गरिरहदाँ पाकिस्तानको ध्वजाबाहक विमानले नेपाल उडान बन्द गरेको छ ।

पाकिस्तान अन्तर्राष्ट्रिय विमान कम्पनीले जुलाईदेखि उडान रोकेको थियो ।

कम्पनीका कन्ट्री म्यानेजर मोहमद यहमदका अनुसार स्टेशन र कार्यालय बन्दका लागि डिसेम्बर पहिलो सातासम्मको समय दिइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘यो सेक्टर घाटामा गएकाले कार्यालय नै बन्द गर्ने निर्णय भएको हो,’ उनले भने ।

नेपालको बोर्डर भारत र चीनसंग छ । पाकिस्तान पुग्नका लागि हवाई पहुँच मात्र एउटा हो ।

विमान कम्पनीले पाकिस्तान-काठमाडौं साताको दुई उडान गर्दै आएको थियो ।

नेपाल भन्दा अगाडी गत फेब्रुअरीबाट बैंकक र हङकङको उडान पनि बन्द गरिसकेको छ ।

पाकिस्तानले नेपालभन्दा बढी युरोपरअमेरिका जस्ता मुलुकलाई प्राथमिकतामा राख्ने गरेकाले यहाँ उडान बन्द गरी उता बढाउन खोजेको एयरलाइन्सका अर्का कर्मचारीले बताए ।

‘उनीहरु युरोप अमेरिका घुम्न रुचाउँछन्,’ ती कर्मचारीले भने ‘उताबाट नेपाल आउने थोरै छन् ।’

अध्यागमन कार्यालयका अनुसार पाकिस्तानबाट २०१४ को पहिलो ६ महिनामा ३ सय ९२ मात्र नेपाल आएका छन् ।

घाटा भइरहेको र जहाज अभाव भनेर स्टेशन बन्द गर्न खोजिएपनि उक्त कारण सही नभएको ती कर्मचारीको भनाई छ ।

जुलाईतीर विमाकम्पनीसंग २८ जहाज भएपछि पछिल्लो समय भाडामा र किनेर १० विमान थप भएको छ । पाकिस्तान एयरले सन् १९७० देखि नेपाल उडान गरिरहेको हो ।

त्यतिबेला एयर इन्डिया र थाई एयरवेजले मात्र नेपाल उडान गर्थे । पाकिस्तान एयर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनी अन्य अन्तर्राष्ट्रिय विमानकम्पनीको तुलनामा सस्तो थियो ।

रियाद, दमाम, मलेशिया र मस्कटका लागि काम गर्न जानेहरु पाकिस्तान एयरबाट जाने गरेको तथ्यांक छ । कराँचीबाट आउनेहरु ३५ देखि ४० प्रतिशतमात्र थिए ।