३० आश्विन २०८३, शुक्रबार

एमाओवादी आन्दोलनको मनस्थितिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-chorकाठमाडौ, ३ मंसिर । कांग्रेस–एमालेसंग दूरी बढेपछि एमाओवादीसहित प्रतिपक्ष दल सडक आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् ।

कांग्रेस, एमालेले बहुमतबाट पेल्न खोजेको भन्दै प्रतिपक्ष दलले आन्दोलनको विकल्प नभएको बताएका छन् ।

आन्दोलनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहकार्य सुरु गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

दाहालले मंगलबार यसबारे पार्टीका बरिष्ठ नेतासंग परामर्श गरेका छन् ।

कांग्रेस, एमालेलाई सडक आन्दोलनबाट मात्र दबाब पुग्ने भन्दै प्रतिपक्ष दल त्यसको तयारीमा लागेका हुन् । ‘कांग्रेस, एमाले हामीलाई आरोप लगाएर संविधान नबनाउने मनस्थितिमा पुगेको छन्,’ एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, ‘अब सडक आन्दोलबाहेक विकल्प छैन ।’

उनले छिट्टै सडक आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । ‘आन्दोलन घोषणा गर्नेबारे सल्लाह हुँदैछ’ उनले भने ।

केही दिनअघि प्रतिपक्ष दलहरुले फिदिम, जनकपुर र धनगढीमा दबावमूलक सभा गरिसकेका छन् ।

यसअघि दाहालले एमाओवादीका विभिन्न जातीय संगठनका संयुक्त राष्टिय मोर्चाको बैठकलाई सम्बोधन गर्दै आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् ।

मोर्चा प्रमुख गोपाल किराँतीले अध्यक्ष दाहालको निर्देशन अनुसार आन्दोलनको तयारी गरेको जानकारी दिए । ‘आवश्यक परे स्वायत्त जनसरकार गठन गर्नेसम्मका आन्दोलन हुनेछ,’ उनको भनाइ छ ।