‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने जस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि रोल्पाको सयर गरे । संविधान निर्माणको लागि गम्भीर बैठक बस्नुपर्ने बेला सत्तापक्षीय दलहरूको आग्रह अस्वीकार गर्दै उनले चार दिन रोल्पामा बिताए । रोल्पा जान भनेर हि“डेका प्रचण्डले दाङको घोराहीमा पुगेर ‘जनयुद्धको समयमा लुकेको सुरुङ÷बंकरमा सुत्न मन लागेर रोल्पा हिडेको’ प्रतिक्रिया दिए ।
बंकरको नाम लिएर उनले पुनः कांग्रेस–एमालेमाथि त्रासको राजनीति गर्न खोजेका थिए । तर, यसपटक उनको त्यो राजनीति फेल खायो । बंकरमा सुत्न त के उनले रोल्पामा न्यानो सत्कारसमेत पाएनन् । आफूलाई जनयुद्धको सुप्रिम कमान्डर ठान्ने प्रचण्ड जनयुद्धको राजधानी रोल्पा पुग्दा जस्तो सत्कार पाउनुपर्ने थियो, त्यो नपाएबाटै उनी रोल्पाली जनताबाट पनि तिरस्कृत भइसकेको स्पष्ट बुझियो ।
रोल्पाली जनताको माया नपाउने स्पष्टै बुझेका प्रचण्डले चलाखी गर्दै आफूभन्दा केही अघि रोल्पाकै स्थानीय नेता नन्दकिशोर पुनलाई सत्कारको व्यवस्था मिलाउन पठाएका थिए । होलेरीसम्म प्रचण्डस“गै रहेका पुन प्रचण्ड रोल्पा पुग्नुअघि नै पुगे । उसो त प्रचण्डले आफूस“गै रोल्पाबाट संविधानसभामा निर्वाचित भएका कृष्णबहादुर महरा, रोल्पालाई नै आधारभूमि बनाएका वर्षमान पुनलाई पनि साथै लगेका थिए ।
बनिबनाउ सत्कार टोलीले उनलाई ठाउँ ठाउँमा फूलका माला लगाएर पञ्चेवाजा बजाएर स्वागत त गर्यो । तर, खास रोल्पाली जनताले भने प्रचण्डकै सामु उनको नीतिको आलोचना गरे । रगत बगाउने बेला रोल्पालाई सम्झने र सत्तामा पुगेपछि बिर्सने काम गरेका प्रचण्डप्रति ठाउँठाउँमा रोल्पाली जनताले प्रश्नका वाण बर्साए । रोल्पालीका प्रश्नका अगाडि प्रचण्ड नाजवाफ देखिए । नहुनु पनि कसरी, कामै त्यस्तो गरेपछि ।
प्रचण्ड दुई वर्षपछि रोल्पा पुगेका थिए । जनयुद्धका बेला रोल्पाबाट राजनीतिक क्रान्ति सफल भएपछि विकासको बाढी आउने धाक दिएका प्रचण्डले आफू प्रधानमन्त्री हुँदा होस् वा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा होस्, रोल्पालाई सम्झिएनन् । त्यसैले रोल्पालीले पनि प्रचण्डलाई न्यानो सत्कार दिएनन् । प्रचण्ड रोल्पा जानुको कारण पनि बेग्लै थियो । उनी सामान्य अवस्थामा रोल्पाली जनताका दुःख पिर बुझ्न गएका थिएनन् । आफूले भने जस्तो जातीय राज्यको संविधान नबन्ने देखेपछि कांग्रेस–एमालेलाई धम्क्याउन गएका थिए । हिजोजस्तै आज पनि अशान्ति, हिंसा, त्रास र धम्कीको लागि उनले रोल्पाको माटो प्रयोग गर्न खोजेपछि रोल्पाली नरिसाउन पनि किन रु बंकरमा सुत्ने, ट्रेञ्ज हेर्ने प्रचण्डको रहर रोल्पालीसँग हिजो गरेको बाचाको स्मरणका निम्ति थिएन, यो कुरा सहजै बुझेका रोल्पालीले अब युद्ध र त्रासको पर्यायी रोल्पाली हुन नसक्ने भन्दै प्रचण्डलाई बंकरको बास नदिने स्पष्टै सन्देश दिएका छन् ।
– कृष्ण कार्की
धापासी, काठमाडौं














प्रतिक्रिया