ल ‘गरिवी नै क्रान्ति र अपराधका मातापिता हुन्’–अरस्तु ।
ल ‘मैले राजनीति र युद्धको अध्ययन गर्नुपर्दछ जसले गर्दा मेरा सन्तानले गणित र दर्शनशास्त्र अध्ययन गर्ने स्वतन्त्रता पाउनेछन्’–जोन एडाम्स (दोस्रो अमेरिकी राष्ट्रपति तथा अमेरिकी स्वतन्त्रता सेनानी)
ल ‘समय समयमा यदि शासकहरूलाई उनीहरूका आफ्ना जनतास“ग प्रतिरोध गर्ने साहस छ भन्ने चेतावनी दिइएन भने कुन देशले आफ्नो स्वतन्त्रताको रक्ष् गर्न सक्दछ र ? त्यसैले जनतालाई सशस्त्र हुन् दिनुपर्छ । स्वतन्त्रताको वृक्षलाई समय समयमा देशभक्त र तानाशाहहरूको रगतबाट सिंचित गरिरहनु पर्दछ । यो यसको प्राकृतिक मलजल हो ।’–थोमस जेफरसन (अमेरिकी स्वतन्त्रता घोषणापत्रका प्रमुख लेखक तथा तेस्रो अमेरिकी राष्ट्रपति ।
ल ‘जसले शान्तिपूर्ण क्रान्ति असम्भव बनाउ“छ, उसले हिंसात्मक क्रान्ति अनिवार्य बनाउ“छ’– जोन एफ केनेडी (३५ औं अमेरिकी राष्ट्रपति)
प्रचण्डले केही दिन अगाडि सत्य कुरा बोलेछन्, नेपालको राजनीति अहिले डेढलक छ भनेर । डेढलक भन्ने अंग्रेजी शव्दको अर्थ शव्दकोषमा यस्तो रहेछ– सहमतिमा पुग्न पूर्णतया असफल हुनु । अहिले नेपालको राजनीति कांग्रेस, एमालेर राप्रपाको एउटा ध्रुव र एमाओवादी, मधेशवादी र जनजातीवादीको अर्को ध्रुवमा विभाजित भएको छ । यी दुई ध्रुवमा विभाजित राजनीतिले निकास पाउन नसकिरहेको अवस्था नै प्रचण्डको शव्दमा डेढलक भएको अवस्था हो । यी दुवैपक्ष यसरी गम्भीर दुश्चक्रमा फसेका छन् कि त्यसबाट निस्कन अब निकै कठिन छ । कांग्रेस एमाले र राप्रपा क्षेत्रीय उत्पीडन र जातीय उत्पीडन तथा असमानताको कुरै सुन्न चाहँदैनन् भने एमाओवादी मधेशवादी र जनजातीवादी दलहरू जातीय नाम ९पहिचान० सहितको संघीयता र एक मधेश एक प्रदेशभन्दा तलको कुरा सुन्न पनि चाहँदैनन् । वर्गीय युद्धबाट पलायन भएका भगौडा प्रचण्ड भने आफ्नो कुर्सी जोगाउन जातीय युद्ध भड्काउन लागि परेका छन् । उनलाई आफ्नो बँँचेको सानो गुट जस्तो पार्टीमा अध्यक्ष पद जोगाउन र वर्तमान संसदीय सत्तामा नाम मात्रको भएपनि कुर्सी प्राप्त गर्न पनि जातीय युद्ध चर्काउन मधेशवादी दलहरूको पुच्छर बन्नै पर्ने बाध्यता छ ।
पहिलो संविधानसभाको बेला जातीय पहिचानसहितको संघीयताको पक्षमा दुईतिहाइ बहुमत सांसद्हरू रहेका थिए । तर त्यो बेला कांग्रेस एमालेका बहुसंख्यक नेताहरूले संविधान सहमतिमा मात्र जारी गर्नुपर्ने भन्दै प्रक्रियामा लगेर दुईतिहाइबाट संविधान बनाउने कुराको विरोध गरे । साथै बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला संविधान बनेमा आफ्नो राजनैतिक प्रभुत्व समाप्त हुने ठानेर प्रचण्डले पनि जालझेल गरी दुईतिहाइबाट संविधान जारी हुन दिएनन् र संविधानसभा कै अवसान गराए । पछि प्रचण्डले त्यो बेला प्रक्रियामा लगेर संविधान जारी नगर्नु गल्ति भएको भनेर आत्मालोचना गर्दै नया“ संविधानसभामा सके सहमति गरेर संविधान जारी गर्ने, नभए प्रक्रियामा लगेर दुईतिहाइ मतले संविधान बनाउने भनेर चुनावी घोषणा–पत्रमै लेखे । तर चुनावमा प्रचण्डको शर्मनाक पराजय भयो । त्यसै बेलादेखि नै प्रचण्डले सहमतिको र कांग्रेस–एमालेले दुईतिहाइको कुरा गर्न थालेका हुन् ।
अब कांग्रेस–एमाले सामु तीन विकल्प रहेको छ । पहिलो, दुईतिहाइ प्रयोग गरेर संविधान जारी गर्ने । दोस्रो, एमाओवादीले भने जस्तो खालको संविधान जारी गर्ने । तेस्रो, संक्रमणकाल यस्तैगरी लम्ब्याइराख्ने र एमाओवादीलाई अझै थकाउने । दोस्रो विकल्पमा कांग्रेस एमाले जाने सम्भावना कम छ । किनभने आफूहरूसँग भएको दुई तिहाइ बहुमत त्यतिकै आत्मसमर्पण गर्न कांग्रेस एमाले तयार हुने छैनन् । पहिलो विकल्पमा गएमा एमाओवादी लगाएतले जातीय युद्ध चर्काउनेछ । यसको सामना गर्ने साहाससहितको मनस्थिति कांग्रेस–एमालेले बनाए भने पहिलो विकल्प रोज्ने हुन्छ । नभए केही समय प्रचण्डले भने जस्तै राजनैतिक डेढलक कायम रहन्छ र कांग्रेस एमालेले तेस्रो विकल्प रोज्नेछन् । यस्तो स्थितिमा सरकार परिवर्तनका लागि नया सत्ता समीकरण बन्न सक्ने सम्भावना बढ्नेछ । कोइरालाविरुद्ध नयाँ समीकरण पनि बन्न सक्दछ । यसले संक्रमणकालकालीन पीडा झन थप्ने हुन्छ र जनतामा असन्तोष बढाउँछ । यसरी जुनसुकै विकल्पमा जाँदा पनि अशान्ति र अव्यवस्था बढ्ने हुन्छ ।
नेपालका ठूल्ठूला वुद्धिजीवीहरू र नेताहरू तथा राजनीतिशास्त्रका विद्वानहरू देशको यस्तो अवस्थाको कारण सही ढंगले देखाउनेभन्दा पनि वकवासपूर्ण कुराहरू गर्न थालेका छन् । धेरैजसो कुहिरोका काग बनेका छन् र चिन्ता लिएर टाउकोमा हात राखेर वसेका छन् । नेपालको वर्तमान समस्या भनेको असफल र अधुरो क्रान्तिको दुश्परिणाम हो भन्ने कुरा स्वीकार गर्न उनीहरू अझै तयार छैनन् । कांग्रेस–एमाले एमाओवादी मधेशवादी जस्ता कुनै बेला क्रान्ति गरेका पार्टीहरू यथँस्थितिवादी र क्रान्तिविरोधी पार्टीमा परिवर्तन हुनु नै देशको दुरावस्थाको कारण हो भन्ने कुरा बुझ्न उनीहरूलाई अझै धेरै समय लाग्ने देखिन्छ । कुनैबेला क्रान्तिकारी भएका नेताहरू सरकारमा गएपछि दलाल तथा नोकरशाही वर्गमा रुपान्तरण हुनु र यो वर्गका विविध समूहहरू बीचमा सत्ताको भागवण्डा नमिलेकोले संविधान नबनेको हो भन्ने कुरा पनि उनीहरू बुझ्न चाहँदैनन् ।
यी दलका नेताहरूले क्रान्ति भनेको आफू सरकारमा पुग्नु मात्र हो भन्ने बुझ्नु नै गम्भीर गल्ती हो । क्रान्तिको वास्तविक प्रमुख काम भनेको पुरानो सत्ता संयन्त्रमा आमुल परिवर्तन गर्नु हो । सरकारमा गएपछि पनि क्रान्ति जारी राख्नुपर्दछ भन्ने यथार्थ र क्रान्ति भनेको सरकार (मन्त्रिपरिषद्) परिवर्तन मात्र होइन कि चौतर्फी क्रान्ति हो भन्ने सार्वभौम सत्य यी नेताहरूले बुझ्न चाहेनन् । संविधानसभालाई शान्तिपूर्ण क्रान्तिको साधन बनाउन पर्नेमा उनीहरूले केवल गफ गर्ने, भत्ता पचाउने र खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल बनाए । आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति, उर्जा क्रान्ति, कृषि क्रान्ति आदिको बारेमा उनीहरूले न त कुनै योजना बनाए न त पहल नै गरे ।
यी नेताहरू, बहुसंख्यक बुद्धिजीवीहरू र राजनीतिशास्त्रका विद्वानहरू अहिले क्रान्ति शव्द सुन्न पनि चाहँदैनन्, यो नै नेपालको दुर्भाग्य बनेको छ । उनीहरू माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओका कुरा त के नामसम्म पनि सुन्न चाहँदैनन् । ठीकै छ त्यसोभए, के अरस्तुका कुरा त सुन्न तयार छन् रु अरस्तु भन्छन् कि गरिवी नै क्रान्तिका मातापिता हुन् । अरस्तुको यो सिद्धान्त संसारमा लागू भैरहेको छ । जबसम्म नेपालमा गरिवी रहन्छ तवसम्म क्रान्ति अनिवार्य रुपले जन्मिरहन्छ, कसैले नचाहँदैमा यो नहुने हुँदैन । माक्र्सका शव्दमा जबसम्म वर्गहरू रहन्छन्, वर्गसंघर्ष अनिवार्य हुन्छ र क्रान्ति अनिवार्य हुन्छ, त्यसैले नेपालमा क्रान्ति फेरि पनि अनिवार्य छ ।
अहिले दलहरूबीच जुन आरोप–प्रत्यारोप चलिरहेको छ, त्यसमा आमजनता अब धेरै समय भुलेर बस्ने हुँदैन । यस्ता झगडामा दुवै पक्षका केहि न केहि बलिया तर्कहरू हुने हुन्छ तर वस्तुगत आवश्यकता र यथार्थ अर्कै हुने हुन्छ । महाभारत युद्धकालमा पनि पाण्डव र कौरव पक्षका आ–आफ्ना केहि बलिया तर्कहरू थिए । महाभारत टेलिशृंखलामा दुर्योधनको भूमिकामा खेल्ने कलाकार पुनित इसर नेपाल आउँदा भुषण दाहालले लिएको अन्तर्वार्तामा एउटा प्रश्न सोधिएको थियो कि त्यस्तो नकारात्मक भूमिकामा पनि कसरी राम्रो र सशक्त अभिनयसहित प्रदर्शन भयो रु जवाफमा पुनित इसरले भनेका थिए कि त्यो भूमिका पाएपछि महाभारतका धेरै ग्रन्थ अध्ययन गर्दै जानेक्रममा उनलाई यस्तो लाग्यो कि दुर्योधनका तर्कहरू बलिया थिए अर्थात उनको पक्ष नै अन्यायमा परेको र पाण्डव नै खराव थिए भन्ने उनलाई लाग्यो र त्यसैले उनले त्यो भूमिका मन लगाएर गरेकोले राम्रो हुन गयो । पुनितको भनाइ थियो कि जेठो छोरो नै युवराज हुने नियम अनुसार धृतराष्ट्र जेठो थिए र उनका जेठो छोरोको नाताले दुर्योधनले नै युवराज हुन पाउनुपर्दथ्यो, धृतराष्ट्र अन्धो भएकोले राजा बन्न अयोग्य भए पनि दुर्योधन त अन्धा थिएनन्, त्यसैले उनले नै युवराज हुन पाउनुपर्दछ भन्ने तर्क सहि हो । उनको भनाइ थियो कि जसले आफ्नो श्रीमती र भाइहरूलाई समेत जुवामा राखेर हार्छन् त्यस्ता युधिष्ठिरलाई राजा वा युवराज हुन सुहाउँछ रु जबकी दुर्योधन वा कसैले यस्तो गर्न भनेका थिएनन् । जेठो छोरो धृतराष्ट्र अन्धो भएको कारण देखाएर सुरुमा राजा बनाइएन र भाइ पाण्डुलाई राजा बनाइयो । तर पाण्डुको मृत्युपछि त्यहि अन्धो धृतराष्ट्रलाई राजाको कार्यभार दिइयो । राजाको कार्यभार भने दिन हुने तर राजा नै बनाउन नहुने तर्क गरेर सुरु मै धृतराष्ट्रमाथि अन्याय गरिएको थियो । आदि आदि ।
दुर्योधन वा पाण्डवहरूका तर्क बहसमा अल्झिनुभन्दा पनि महाभारत युद्धको वास्तविक कारणतर्फ ध्यान दिनु राम्रो हो । गान्धारीले युद्ध सकिएपछि ‘युद्ध रोक्ने सम्भावना हुँदाहुँदै पनि तिमीले युद्ध किन रोकेनौं रु’ भनेर प्रश्न गर्दा कृष्णले भनेका थिए, ‘नयाँ युग ल्याउन आवश्यक भैसकेकोले युद्ध हुन दिनु आवश्यक थियो ।’ यो नै सहि तर्क र तथ्य थियो ।
अहिले एमाओवादी कांग्रेस र एमालेका तर्कहरू एकले अर्कालाई दोषी देखाउने कुरामा सीमित छन् । एमाओवादीले पाँच दिन म्याद माग्दा पनि कांग्रेस–एमालेले दिएन भन्दै प्रलाप गर्नुको कुनै अर्थ छैन । कांग्रेस–एमालेले प्रक्रियामा एमाओवादी जान चाहेन भन्नुको पनि कुनै अर्थ छैन । प्रदेशको संख्या र नामको विवादको पनि कुनै अर्थ छैन । सबैका अगाडि विकल्प भनेको जातीय युद्ध, धार्मिक युद्ध वा वर्गीय युद्ध (क्रान्ति) मध्ये कुन रोज्ने भन्ने हो । वर्गीय जनक्रान्ति राजनैतिक समाधान हो भने जातीय र धार्मिक युद्ध अराजनैतिक समाधान हो । यसमा जनताले वर्गीय क्रान्ति नै रोज्नेछन् ।
अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीले अझ गम्भीर र ध्रुवसत्य कुरा भनेका थिए । उनको भनाइ थियो, ‘जसले शान्तिपूर्ण क्रान्ति असम्भव बनाउँछ उनीहरूले हिंसात्मक क्रान्ति अनिवार्य बनाउँछन् ।’ अहिले दशवर्षको जनयुद्ध र ०६२/६३ को जनआन्दोलनको प्रतिफल संविधानसभालाई शान्तिपूर्ण क्रान्तिको माध्यम बनाएर देशमा आमुल परिवर्तन गर्ने नेपाली जनताको सपनामाथि खेलवाड गरेर यी नेताहरूले नै अर्को हिंसात्मक क्रान्तिको लागि वातावरण तयार पार्ने र त्यसमा लाग्न जनतालाई बाध्य पार्ने काम गरिरहेका छन् ।














प्रतिक्रिया