अमेरिका । वरिष्ठ पत्रकार योगेश उपाध्याय र साहित्यकार सीता पाण्डेलाई पुत्रशोक परेको छ ।
उपाध्याय दम्पतीका एक मात्र सन्तान २१ वर्षीय अनल उपाध्यायको मेरिल्याण्ड राज्यको बेथेस्डामा शनिबार साँझ भएको सडक दुर्घटनामा निधन भएको हो ।
नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष गौतम दाहालका अनुसार, अनल शनिवार सडक दुर्घटनामा परेका थिए । दुर्घटनामा परे लगत्तै उनलाई बेथेस्डास्थित एक अस्पतालमा पुर्याइएको थियो । दुर्घटनामा परी बेहोस भएका अनलको उपचारकै क्रममा आज दिउँसो करिब तीन तीस बजेतिर अस्पतालमा नै निधन भएको हो । उपाध्याय दम्पती मेरिल्याण्डको बेथेस्डामा बस्दै आउनु भएको छ ।
हाल मृतक अनलको शवलाई मेरिल्याण्डको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा बायोप्सीका लागि राखिएको छ ।













प्रतिक्रिया