मलेसिया । मलेसियाको क्वालालम्पुर स्थित सुपरम्यान ग्लोब कम्पनीमा कार्यत ३० नेपाली कामदारसहित १२० जनालाई गत नोभेम्बर १२ देखि उक्त कम्पनीले बेपत्ता बनाएको छ ।
उक्त कम्पनीमा कार्यरत एक कामदारका अनुसार २ जना नेपालीको जीवन नै समाप्त पारिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले एक विज्ञप्ति जारी गरी उद्धार कार्यका लागि आग्रह गरेको छ ।
‘खासगरी खाडी लगायतका मुलुकहरुमा नेपाली कामदारमाथि ज्यादती हुने गरेको समाचारका श्रृखंलाहरु सार्वजनिक भइरहेको सन्दर्भमा मलेसियामा कार्यरत नेपाली लगायतका कामदाहरुप्रति भएको यस प्रकारको ज्यादती र अमानवीय कृत्यकोबारेमा सत्य तथ्य पत्ता लगाई कामदारहरुको उद्दारका लागि तत्काल पहलकदमी गर्न नेपाल सरकार लगायत सम्वन्धित सबै पक्षको मानव अधिकार तथा शान्ति समाज ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया