३० आश्विन २०८३, शुक्रबार

भारतको नैनीतालमा अध्ययनरत नेपाली छात्रको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naina_peak_Nainitalकाठमाडौं, २ मंसिर । भारत नैनीतालस्थित सेरउड कलेजमा अध्ययनरत १४ वर्षीय नेपाली छात्र सान प्रजापतिको मृत्यु स्कुलको लापरबाहीले भएको परिवारजनको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।

उनको निमोनिया र घाउको संक्रमणबाट मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

फोक्सोसम्बन्धी संक्रमण मिर्गौलासम्म फैलिएपछि नोयडास्थित एपोलो अस्पतालमा शनिबार ती विद्यार्थीको मृत्यु भएको थियो।

स्कुलको लापरबाहीले नै मृत्यु भएको आरोप लगाउँदै परिवारजनले सोमबार सेरउड स्कुलविरुद्ध अभियोगपत्र दर्ता गरेका छन्।

पूर्वविद्यार्थी र सानका परिवारले उक्त स्कुलको नियन्त्रक निकाय चर्चलाई स्कुलविरुद्ध कारबाही गर्न दबाब दिएका छन्।

सानका आफन्त श्लोक ज्ञवालीले दिल्लीमा भने, नोयडा अस्पतालमा शनिबार पुग्ने म पहिलो व्यक्ति हुँ।

सानले स्कुल युनिफर्म नै लगाइरहेका थिए।

उनलाई हल्द्वानीको आईसीयूबाट यति टाढा किन स्थानान्तरण गरियोरुु हल्द्वानीबाट नोएडास्थित एपोलो अस्पताल ल्याउने क्रममा एम्बुलेन्समा कोही डाक्टर नभएको र सोही क्रममा उनको मृत्यु भएको भनाइ परिवारजनको छ।