३० आश्विन २०८३, शुक्रबार

सफाइमा कर्मचारीलाई अनिर्वाय उपस्थित गराइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakकाठमाडौं, २ मंसिर । सरकारले राजधानीमा कार्यरत सम्पूर्ण सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई आगामी शनिबार राजधानीका तीनवटै सहर काठमाडौं, ललितपुर र भक्तपुरमा हुने विशेष सरसफाइ अभियानमा लाग्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सरकारका तर्फबाट मुख्य सचिव लीलामणि पौडेलले उपत्यकामा सफाइ अभियान सुरु हुन लागेको उल्लेख गर्दै त्यसमा अनिवार्य रूपमा सरिक हुन सरकारी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा ुसरसफाइमा नागरिक अभियानु अन्तर्गत कर्मचारी, स्थानीय टोलसुधार समिति, क्लब, विद्यार्थीलगायतको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिने जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिएका छन् ।

ती अधिकारीका अनुसार सरसफाइमा कर्मचारीको अनिवार्य उपस्थितिका लागि स्थलगत हाजिरीसमेत गराइने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

बिहान साढे सातदेखि साढे नौ बजेसम्म कर्मचारी तथा अन्य सहभागीले आफ्नो टोल र छरछिमेकमा कागज, प्लास्टिक, फोहोरमैला, झाडी हटाएर सफाइ गर्ने योजना सरकारको छ ।

निजामती, स्थानीय निकाय, सार्वजनिक संस्थानलगायतका कर्मचारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सामुदायिक प्रहरी सफाइ योजनामा आएरनआएको तिनै निकायबाट निरीक्षणको जिम्मा लगाइएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।

स्रोतले सरसफाइ अभियानमा नआउने कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवले आचरण पालना नगरेको भन्दै कारबाही गर्न सक्ने जानकारी दिए ।

काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडामा वडास्तरीय समिति गठन गरेर नगर सफा र सुन्दर बनाउने योजना सरकारको छ ।