३० आश्विन २०८३, शुक्रबार

स्कुल प्रशासनको कमजोरीले नेपाली विद्यार्थीको मृत्यु, भारतीय सञ्चारमाध्यममा हंगामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sherwood-college-nainital_848052259काठमाडौँ, १ मंसिर । स्कुल प्रशासनको कमजोरीले  नैनीतालको एक विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको ज्यान गएको खबरलाई भारतीय सञ्चार माध्ययमले प्राथमिकताका साथ  प्रकाशन तथा प्रसारण गरेका छन् ।

उत्तराखण्डस्थित नैनीतालमा रहेको एक स्कुलको कक्षा ९ मा अध्ययनरत शान प्रजापतिको दिल्लीमा उपचारका क्रममा गत शुक्रबार ज्यान गएपछि समाचारहरु बाहिर आएका हुन् ।

आफू बिरामी भएको खबर परिवारलाई गरेपनि समयमा उपचार गर्न विद्यालय प्रसासनले चासो नदिँदा उनको मृत्यु भएका ती सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

स्कुलमै गम्भीर विरामी परेका उनको नयाँ दिल्लीको नोयडास्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार ज्यान गएको हो ।

द टाइम्स अफ इन्डियाले दिल्लीमा उपचार रेफर गर्नुअघि भर्ना गरिएको हल्दवानी बम्बई अस्पतालका डाक्टर शैलेन्द्र मिश्रले शानलाई रगतमा गम्भीर खालको समस्या देखिएको उल्लेख गरेको छ ।

भारतको एनडिटिभी न्यूजले शेरवुड स्कूल र कलेज प्रशासनको लापरवाहीकै कारण विद्यार्थीको मृत्यु भएको प्रसंग उल्लेख गरेको छ ।
नोयडास्थित दिल्ली प्रहरीका एसपी योगेन्द्र कुमार यादवले शानको मृत्यु स्कुलको लापरबाहीले भएको भन्दै आमा निनाले जाहेरी दर्ता गराएको खबर देहरादुन अमरउजालाले लेखेको छ ।

त्यसैगरी उत्तराखण्डकै चर्चित दैनिक पत्रिका खबर दैनिक उत्तराखण्डले पनि शानको ज्यान गएपछि कलेजका कर्तुतहरु एक पछि अर्को बाहिर आएको समाचार प्रकाशित गरेको छ ।

शानको ज्यान गएपछि उनकी आमा निनाले स्कूल प्रशासनविरुद्ध दिल्ली प्रहरीमा जाहेरी दिएकी छन् ।