काठमाडौँ, १ मंसिर । मलेसियामा कारको ठक्करबाट घाईते भएका एक नेपाली कामदारको मृत्यु भएको छ ।
खोटाङ पौवासेरा–७ का बिकल भनिने बियोग वान्तवा राईलाई होस्टल फर्कने क्रममा कारले ठक्कर दिएको थियो ।
साईकलमा रहेका उनलाई कारले गत हप्ता ठक्कर दिदाँ उनी गम्भीर घाईते भएका थिए ।
राईको केलाङ्ग अस्पतालमा उपचारको क्रममा शनिबार ज्यान गएको हो ।
८ महिनाअघि काठमाडौको गौरीशंकर मेनपावरवाट मलेसिया पुगेका राई क्वालालम्पुर नजिकै रहेको भेचिउड ईन्टरप्राईजेज केलाङ्ग कम्पनीमा कार्यरत थिए ।
पोष्टमार्टमको लागि केलाङ्ग अस्पतालमा राखिएको राईको शव तत्काल नेपाल पठाउन पहल भइरहेको बुझिएको छ । राईकी आमा, श्रीमती र दुई छोरा छन् ।















प्रतिक्रिया