३० आश्विन २०८३, शुक्रबार

बामदेवले गरे २१ जिल्लाका सिडिओको सरुवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं, १ मंसिर । गृह मन्त्रालयले २१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले आइतबार ११ सहचिव र १० उपसचिवको सरुवा गरेको हो ।

गृहले काठमाडौंका सिडिओमा मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहचिव एकनारायण अर्याललाई पठाइएको छ ।

मन्त्रालयले बसन्तराज गौतमलाइ केहि दिन अघि मन्त्रालयको अतिरित्त, समूहमा सरुवा गरेपनि काठमाडौं सिडिओ बिहीन रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

मकवानपुरको सिडिओ रहेका बेला अर्याललाई गृहमन्त्री वामदेव गौममले प्रशासन महाशाखा प्रमुखका रुपमा मन्त्रालय ल्याएका थिए ।

त्यस्तै ललितपुरमा शशिसेखर श्रेष्ठका ठाउँमा यादव कोइरालालाई पठाइएको छ ।